झापाको संवेदनशील घटनालाई ‘अमला काण्ड’ भन्दै प्रस्तुत गर्ने ३८ युट्युब च्यानल कारबाहीमा

झापाको संवेदनशील घटनालाई ‘अमला काण्ड’ भन्दै प्रस्तुत गर्ने ३८ युट्युब च्यानल कारबाहीमा

प्रेस काउन्सिल नेपालले झापाको शिवसताक्षी नगरपालिकामा भएको घटनालाई ‘अमला काण्ड’ भन्दै अतिरञ्जित ढंगले प्रस्तुत गर्ने ३८ युट्युब च्यानलविरुद्ध कारबाही प्रक्रिया अघि बढाएको छ। सत्यतथ्य पुष्टि नगरी सनसनीपूर्ण समाचार सम्प्रेषण गरिएको भन्दै काउन्सिलले यस्ता च्यानलहरूले पत्रकार आचारसंहिता, महिला उत्तरदायी सञ्चार निर्देशिका, जेष्ठ नागरिकमैत्री सञ्चार निर्देशिका र वैयक्तिक गोपनीयतासम्बन्धी ऐनको उल्लङ्घन गरेको ठहर गरेको छ।

पीडित युवती, आरोपित जेष्ठ नागरिक र पीडित परिवारका तस्बिर तथा भिडियो सार्वजनिक गर्दै अमर्यादित प्रश्नहरू सोधिएको र संवेदनहीन बहसलाई प्राथमिकता दिइएको काउन्सिलको आरोप छ। भ्युअर बढाउने उद्देश्यले चरित्रहत्या गर्ने सामग्री सम्प्रेषण गरिएको भन्दै ती च्यानलहरूमाथि कारबाही अघि बढाइएको जनाएको छ।

काउन्सिलले मिडियाको आवरणमा चलेका तर दर्ता नभएका युट्युब च्यानलहरूमाथि साइबर ब्युरोमार्फत कानुनी प्रक्रिया अघि बढाइएको जानकारी दिएको छ। समाजमा घृणा, उत्तेजना र अफवाह फैलाउने सामग्री तत्काल हटाउन आग्रह गर्दै उसले गैरपेशागत तथा गैरकानुनी गतिविधि नगर्न चेतावनी दिएको छ। साथै, जिम्मेवार पत्रकारितामा ध्यान दिन सबै सञ्चार माध्यमलाई अनुरोध गरेको छ।

Press Council https://bajarkochirfar.com/action-taken-against-38-youtube-channels-for-presenting-sensitive-incident-in-jhapa-as-amala-scandal | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स