सेयर बजारमा ठूलो आर्थिक हानी व्यहोरेपछि ३१ वर्षीय युवकले आत्महत्या गरेका घटना सार्वजनिक भएको छ। पटनाको दानापुर स्थित गोला रोड क्षेत्रका बासिन्दा राहुल कुमार सिंहले बुधबार आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेको टाइमस अफ इंडियाले जनाएको छ ।
राहुलकी बहिनी प्रीति सिंहका अनुसार राहुल मंगलबार राति सामान्य रूपमा खाना खाएर सुतेका थिए। बिहान उनको कोठामा गएका बेला उनी त्यहाँ थिएनन् र सबैले सोचेका थिए कि उनी घरको पहिलो तलामा होलान्। नास्ताको समयमा प्रीतिले उनको मोबाइल नम्बरमा कल गरेकी थिइन्, तर उनले जवाफ दिएनन्। पहिलो तलामा जाँच गर्दा उनलाई कपडाको फासमा झुण्डिएको अवस्थामा फेला पारिएको थियो।
दानापुर प्रहरी थानाका प्रमुख अधिकृत प्रशान्त कुमार भारद्वाजले थप जानकारी दिदै भने, “परिवारले उल्लेख गरेका छन् कि पछिल्लो केही महिनादेखि शेयर बजारमा पैसा लगानी गर्दै आएका थिए। केही दिन अघि उनका बुवाले उनको बैंक खातामा ६ लाख भारतीय रुपैयाँ जम्मा गरेका थिए। उनको शव फेला परेको स्थानमा भेटिएको मोबाइल फोन जाँच्दा पत्ता लाग्यो कि उनको खाता शून्य रहेको छ।” राहुलले उक्त रकमलाई सेयर बजारमा लगाएका थिए र उनले घाटा व्यहोरेपछि आत्महत्या गरेको हुन सक्ने भारद्वाजले बताए ।

















![सेबोन अध्यक्ष भट्टले सार्वजनिक गरे पूँजी बजार विकासका १५ प्रमुख एजेन्डा [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/89bc274a-9daf-4136-875c-cec0d72f8ee8-150x150.png)

प्रतिकृया