राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवलपरासी जिल्ला सभापति महेन्द्र सिंह ठकुरीले पार्टी परित्याग गरी नेपाली कांग्रेस प्रवेश गरेका छन्। उनलाई कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले बिहीबार पार्टीमा स्वागत गरेका हुन्।
ठकुरीले पार्टी प्रवेश गर्ने कार्यक्रम नवलपरासीको बर्दघाटस्थित चौपतामा भएको कांग्रेसको चुनावी सभामा सम्पन्न भएको हो। उनी गत २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा रास्वपाबाट नवलपरासी–१ क्षेत्रबाट उम्मेदवार बनेका थिए र प्रत्यक्षमा १२ हजार ४९९ मत पाउँदा सो क्षेत्रबाट तेस्रो स्थानमा रहे। उक्त निर्वाचनमा नेपाली कांग्रेसका विनोद चौधरी २९ हजार ५१९ मतसहित विजयी भएका थिए भने नेकपा एमाले समर्थित हृदयेश त्रिपाठीले २२ हजार ३२८ मत प्राप्त गरेका थिए।
फागुन २१ गते हुने निर्वाचनमा रास्वपाले सो क्षेत्रमा विक्रम खनाललाई उम्मेदवार बनाएको छ। ठकुरी कांग्रेस प्रवेश गर्नुअघि रास्वपा नै थियो, तर पार्टीले खनाललाई उम्मेदवार घोषणा गरेपछि उनी असन्तुष्ट बनेका थिए।















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

प्रतिकृया