अर्थतन्त्र बुझेको व्यक्ति चाँडै गभर्नरको रुपमा आउँदैछन्: सभापति देउवा



Advertisement
Ads

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्र बैंकको गभर्नर चाँडै नियुक्त हुने बताएका छन्। बुढानीलकण्ठस्थित निवासमा शुक्रबार बसेको पार्टीको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा नेताहरूले नियुक्ति ढिलो भएको गुनासो राखेपछि देउवाले सहमतिबाट छिट्टै निर्णय हुने जानकारी गराएका हुन्।

पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले देउवाको भनाइ उद्धृत गर्दै गभर्नर व्यवसायिक र मौद्रिक-आर्थिक नीतिलाई समन्वय गर्न सक्ने व्यक्तित्व हुनु पर्नेमा जोड दिए।


Advertisement

बैठकमा संक्रमणकालीन न्यायसम्बन्धी काम ढिलो भएको भन्दै टीआरसी र बेपत्ता व्यक्तिसम्बन्धी संरचना चाँडो निर्माण गर्नुपर्नेमा पनि जोड दिइयो। यसका लागि दलहरूबीच छलफल अघि बढाइने कांग्रेसको निष्कर्ष छ।

त्यस्तै, शिक्षा विधेयकलाई चाँडो टुंग्याउनुपर्नेमा पनि बैठकमा चर्चा भयो। कांग्रेसले सार्वजनिक, संस्थागत तथा निजी विद्यालयलाई समेटेर विधेयक बनाउनुपर्ने र निजी विद्यालयका शिक्षकको सेवा-सुविधा तथा राज्यको रेगुलेसन सुनिश्चित गर्नुपर्ने धारणा राखेको छ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर