रुपन्देहीको सिद्धार्थनगरमा पाँचतारे होटल निर्माण हुने भएको छ। एमराल्ड प्लेस प्रालिले उक्त स्थानमा १९० वटा कोठासहित पाँचतारे होटल बनाउने योजना सार्वजनिक गरेको छ। होटलमा ब्याङ्क्वेट हल, स्वीमिङ पुल, क्यासिनो, स्पा, जिम, दुई वटा सभाहल र दुई वटा बिजनेस सेन्टरको सुविधा उपलब्ध हुने जनाइएको छ। होटलको कुल क्षेत्रफल ९६,६८६ स्क्वायर फिट हुनेछ।
सन् २०२० मा दर्ता भएको कम्पनीले २ अर्ब रुपैयाँ लगानीमा होटल निर्माण गर्ने अनुमान गरेको छ। कम्पनीले लगानीको अनुपात ८०:२० राखेको छ भने हालसम्म लगानीकर्ताले ५ करोड रुपैयाँको व्यवस्थापन गरिसकेको छ। कम्पनीको आर्थिक प्रगति हाल ११ प्रतिशत रहेको छ। निर्माण कार्य पूरा भएपछि कम्पनीले होटल सन् २०२९ को जुलाईदेखि व्यवसायिक रूपमा सञ्चालनमा ल्याउने योजना बनाएको छ।
त्यसैगरी, हालसम्म कर्जाका लागि १९ करोड रुपैयाँ व्यवस्थापन भइसकेको छ भने सन् २०२५ को जुलाईसम्म निर्माणतर्फ २२ करोड ३० लाख रुपैयाँ खर्च भइसकेको कम्पनीले जनाएको छ। कम्पनी अध्यक्ष योगेश घिमिरेका अनुसार दीर्घकालीन कर्जाका लागि १ अर्ब रुपैयाँको रेटिङ गराइएको छ।
















प्रतिकृया