अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्माण व्यवसायी र सरकारबीचको सम्बन्धलाई “नङ र मासु” जस्तो गहिरो र आपसी सहकार्ययुक्त हुनुपर्ने बताएका छन्।
शनिबार काठमाडौंमा आयोजित “विकास बजेटको परिचालनः सरकार र निजी क्षेत्रको भूमिका” विषयक अन्तरक्रियामा सम्बोधन गर्दै उनले सरकार र निर्माण व्यवसायीबीच सहकार्य राष्ट्र निर्माणका लागि अनिवार्य भएको बताए।
“हामी नदीका दुई किनारा होइनौं,” उनले भने, “हाम्रो साझा जिम्मेवारी राष्ट्र निर्माण हो, जसका लागि एकअर्काको सहयोग आवश्यक छ।” उनले सरकार र व्यवसायीबीच विरोधको स्थान नरहेको र साझा अभिभारामा सँगै अघि बढ्नुपर्नेमा जोड दिए।
पौडेलले सम्बन्ध बिग्रने कुनै पनि प्रवृत्ति रोक्न आवश्यक रहेको बताउँदै, “यो सम्बन्ध डिरेल हुन नदिन ट्रयाकमा राख्न जरुरी छ।”












![Indicators को सही प्रयोग कसरी गर्ने ? Moving Average, ROC, MACD, RSI [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/P0aB_SB3M0g-maxresdefault-1-150x150.jpg)





प्रतिकृया