SHAREHUBSHAREHUB

डीभी परेर अमेरिका जाने सपना देखेकाहरूका लागि ठूलो झट्का

AdvertisementAds
डीभी परेर अमेरिका जाने सपना देखेकाहरूका लागि ठूलो झट्का
AdvertisementAds

अमेरिकाले ‘ग्रीन कार्ड लटरी’ भनेर चिनिने विविधता आप्रवासी भिसा कार्यक्रम (डीभी लटरी) स्थगित गरेको छ।

ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डमा दुई जनाको ज्यान गएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त योजना स्थगित गर्ने निर्णय गरेका हुन्।

घटनाका संदिग्ध ४८ वर्षीय पोर्चुगिज नागरिक क्लाउडियो नेभेस भालेन्ते बिहीबार मृत अवस्थामा फेला परेका थिए। उनी सन् २०१७ मा डीभी लटरीमार्फत अमेरिका प्रवेश गरी ग्रीन कार्ड पाएका थिए।

होमल्यान्ड सेक्युरिटी सचिव क्रिस्टी नोएमले राष्ट्रपति ट्रम्पको निर्देशनमा उक्त भिसा कार्यक्रम रोकिएको जानकारी दिएकी छन्। अब कुनै पनि अमेरिकी नागरिकलाई हानि नहोस् भन्ने सुनिश्चित गर्न यो निर्णय गरिएको उनको भनाइ छ।

डीभी लटरी कार्यक्रमअन्तर्गत अमेरिकामा आप्रवासन दर कम भएका देशका नागरिकलाई चिठ्ठा प्रणालीमार्फत हरेक वर्ष अधिकतम ५० हजार भिसा उपलब्ध गराइँदै आएको थियो। यस कार्यक्रममार्फत नेपालीहरू पनि अमेरिका गई ग्रीन कार्ड लिएर बस्दै आएका छन्।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स