नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा सटही (एक्सचेञ्ज) गर्न अबदेखि बैंक खाता अनिवार्य गरेको छ। बिहीबार सार्वजनिक गरिएको एक परिपत्र मार्फत राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमा उल्लेख गरिएको यो प्रावधान कार्यान्वयनमा ल्याएको हो।
नयाँ व्यवस्थाअनुसार, राहदानीबापत वा औपचारिक भ्रमणका लागि सटही सुविधा अब सम्बन्धित व्यक्तिको नाममा रहेको परिवत्र्य विदेशी मुद्राको खातामा (नयाँ खाता खोली समेत) जम्मा गरिनेछ।
त्यस्तै, भारतबाहेक अन्य देशको भ्रमणमा जाने नेपाली नागरिकले राहदानी देखाएर प्रतिपटक अधिकतम ३,००० अमेरिकी डलर वा सो बराबरको विदेशी मुद्रा सटही सुविधा पाउनेछन्।

















![भोटेकोशी बाढीबारे संसद्मा प्रधानमन्त्री बालेनको सम्बोधन, के–के भने? [पूर्णपाठसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/Stay-Updated-With-1-150x150.png)
प्रतिकृया