नेपाल प्रहरीका आठ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) को सरुवा गरिएको छ। प्रहरी प्रधान कार्यालयले विभिन्न निकाय तथा प्रदेश प्रहरी कार्यालयमा उनीहरूको जिम्मेवारी हेरफेर गरेको हो।
सरुवा हुने डीआईजीहरूमा अरुण पौडेल, जयराज सापकोटा, दिनेश कुमार आचार्य र दीपक रेग्मी रहेका छन्। यसैगरी दिपेन्द्र घर्ती क्षेत्री, भुपेन्द्रबहादुर खत्री, माधव प्रसाद श्रेष्ठ र राजेन्द्र प्रसाद भट्टको पनि सरुवा गरिएको छ।
प्रहरी प्रधान कार्यालयको निर्णयअनुसार अरुण पौडेललाई प्रहरी प्रधान कार्यालय अन्तर्गतको कार्यविभाग कार्य निर्देशनालयमा सरुवा गरिएको छ। जयराज सापकोटालाई कर्णाली प्रदेश प्रहरी कार्यालय, दिनेश कुमार आचार्यलाई प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज र दीपक रेग्मीलाई अन्वेषण, योजना तथा विकास निर्देशनालयमा जिम्मेवारी दिइएको छ।
यसैगरी दिपेन्द्र घर्ती क्षेत्रीलाई गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरामा, भुपेन्द्रबहादुर खत्रीलाई केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) लाजिम्पाटमा, माधव प्रसाद श्रेष्ठलाई कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतमा र राजेन्द्र प्रसाद भट्टलाई लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरमा सरुवा गरिएको छ।



प्रतिकृया