राष्ट्रिय प्रसारण ग्रीड कम्पनीले प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गर्न आवेदन आह्वान गरेकोमा ७ जना सर्टलिस्ट भएका छन्।
माघ २८ गते खुलेको विज्ञापनमार्फत आवेदन दिएका उम्मेदवारमध्ये केदार राज सिलवाल, जितेन्द्र चौधरी, महेन्द्र पौडेल, रामजी भण्डारी, रोशन अग्रवाल, रोहिणी पौडेल र सागर श्रेष्ठ सर्टलिस्टमा परेका हुन्।
पूर्व सीईओ डा. नेत्र ज्ञवालीको दोस्रो कार्यकाल समाप्त भएपछि रिक्त पदका लागि प्रक्रिया अघि बढाइएको हो। सर्टलिस्टमा परेकाहरूलाई चैत १७ र १८ गते अन्तर्वार्ताका लागि बोलाइएको छ।
पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय प्रसारण ग्रीड कम्पनीले ठूला प्रसारणलाइन निर्माण गर्दै आएको छ, जसअन्तर्गत हाल करिब एक दर्जन प्रसारणलाइन निर्माणको प्रक्रिया अघि बढाइएको छ।















![Indicators को सही प्रयोग कसरी गर्ने ? Moving Average, ROC, MACD, RSI [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/P0aB_SB3M0g-maxresdefault-1-150x150.jpg)





प्रतिकृया