सर्वोच्च अदालतका ३ प्रस्तावित न्यायाधीशविरुद्ध ७ उजुरी, कहिले हुँदैछ सुनुवाइ ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ असार १२ गते
सर्वोच्च अदालतका ३ प्रस्तावित न्यायाधीशविरुद्ध ७ उजुरी, कहिले हुँदैछ सुनुवाइ ?
AdvertisementAds

सर्वोच्च अदालतमा नियुक्तिका लागि सिफारिस भएका तीन प्रस्तावित न्यायाधीशविरुद्ध संसदीय सुनुवाइ समितिमा सातवटा उजुरी दर्ता भएका छन्। तीमध्ये पाँच उजुरी व्यक्ति केन्द्रित छन् भने बाँकी दुई सुनुवाइ प्रक्रियासँग सम्बन्धित छन्।

उजुरीको विषयवस्तु र उजुरीकर्ताको विवरण सार्वजनिक गरिएको छैन। समितिको सभापति ईश्वरी देवी न्यौपानेले उजुरीबारे जानकारी दिएकी छिन्। उजुरीकर्तालाई समितिले शुक्रबारको बैठकमा उपस्थित हुन बोलाएको छ।

सिफारिस भएका तीन न्यायाधीशमा वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल, र उच्च अदालत दिपायलका मुख्य न्यायाधीश शान्तिसिंह थापा रहेका छन्। उनीहरूकाे सुनुवाइ भने आइतबार हुने भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स