कजाकिस्तानमा ६७ यात्रु बोकेको विमान दुर्घटनामा, २५ को जिवितै उद्धार

कजाकिस्तानमा ६७ यात्रु बोकेको विमान दुर्घटनामा, २५ को जिवितै उद्धार

कजाकिस्तानमा बुधबार एक यात्रुवाहक विमान दुर्घटना हुँदा ६७ यात्रुमध्ये २५ जनाको जीवितै उद्धार गरिएको छ। उद्धार गरिएका यात्रुमध्ये २२ जनालाई उपचारका लागि अस्पताल भर्ना गरिएको कजाकिस्तानको आपत्‌कालीन मन्त्रालयले जानकारी दिएको छ।

दुर्घटनाग्रस्त विमान अजरबैजान एयरलाइन्सको उडान ‘जे२–८२४३’ थियो, जसले अजरबैजानको राजधानी बाकुबाट दक्षिणी रुसको चेचन्या क्षेत्रको ग्रोज्नीका लागि उडान भरेको थियो। विमान कजाकिस्तानको अक्ताउ सहर नजिकै तीन किलोमिटर पर आपत्‌कालीन अवतरण गर्ने प्रयास गर्दा दुर्घटनामा परेको हो।

उद्धार टोली घटनास्थलमा पुग्दा विमान आगो लागेको अवस्थामा फेला परेको कजाकिस्तानको आपत्‌कालीन मन्त्रालयले जनाएको छ। प्रारम्भिक रिपोर्टका अनुसार विमानमा ६२ यात्रु र पाँचजना चालक दलका सदस्य थिए। यात्रुमध्ये ३७ जना अजरबैजानका, ६ जना कजाकिस्तानका, तीन जना किर्गिस्तानका र १६ जना रुसका नागरिक रहेको जानकारी दिइएको छ।

घाइतेहरूको अस्पतालमा उपचार भइरहेको छ।

बिबिसी हिन्दिबाट ;

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स