instainsta

३ प्रतिशत ब्याजदरमा पाइने स्टार्टअप लोनको लागि ६१० जनाले दिए आवेदन, कहिलेसम्म भर्न पाइन्छ ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ कार्तिक २५ गते
३ प्रतिशत ब्याजदरमा पाइने स्टार्टअप लोनको लागि ६१० जनाले दिए आवेदन, कहिलेसम्म भर्न पाइन्छ ?
AdvertisementAds

स्टार्टअप उद्यमका लागि सोमबारसम्म ६१० जनाले आफ्नो प्रस्ताव दर्ता गरेका छन्। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको औद्योगिक व्यवसाय विकास प्रतिष्ठानका कार्यकारी निर्देशक उमेश गुप्ताका अनुसार ५९२ जनाले अनलाइनमार्फत र १८ जनाले प्रतिष्ठानमा उपस्थित भएर प्रस्ताव दर्ता गरेका छन्। हालसम्म ९ हजारले अनलाइन खाता खोलेका छन्, जसबाट आवेदन दिन सकिन्छ।

आवेदनको अन्तिम मिति मंसिर ९ गते तोकिएको छ। प्रतिष्ठान चालु आर्थिक वर्षमा करिब ४ सय नवीनतम विचार, ज्ञान र क्षमता भएका स्टार्टअपलाई कर्जा प्रदान गर्ने उद्देश्यले गत बुधबार आवेदन खुलाएको थियो। चालु आर्थिक वर्षका लागि सरकारले ७३ करोड रुपैयाँ विनियोजन गरेको छ।

कार्यविधिअनुसार अधिकतम २५ लाख रुपैयाँसम्म तीन प्रतिशत ब्याजमा कर्जा दिन सकिने व्यवस्था छ। कर्जा सुरक्षणका लागि २५ प्रतिशत रकम सुरक्षण कोषमा राख्नुपर्ने प्रावधान छ। सात वर्षभन्दा कम कम्पनी दर्ता भएका, कुल चुक्ता पुँजी दुई लाख–१० लाख रुपैयाँ र वार्षिक कारोबार दुई करोडभन्दा कम भएका उद्यम योग्य छन्। १६ क्षेत्रका स्टार्टअपलाई कर्जा प्रदान गरिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स