नेप्सेमा सूचीकृत ११ निर्जीवन बीमा कम्पनी मध्ये हालसम्म ५ निर्जीवन बीमा कम्पनीले लाभांश घोषणा गरेका छन्। निर्जीवन बीमा कम्पनी: सिद्धार्थ प्रिमियर इन्स्योरेन्स, शिखर इन्स्योरेन्स, आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स, हिमालयन एभरेष्ट इन्स्योरेन्स, सानिमा जिआइसी इन्स्योरेन्स र सानिमा रिलायन्स इन्स्योरेन्सले लाभांश घोषणा गरेका छन्।
शिखर इन्स्योरेन्सले गत आर्थिक वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.५३ प्रतिशत लाभांश गरी कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेका थियो। साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले माघ ३० गते बुक क्लोज गरिसकेको छ, जस अनुसार माघ २९ सम्म कायम सेयरधनीले मात्र कम्पनीको लाभांश पाउनेछन्। उक्त लाभांश पारित गर्ने कम्पनीले फाल्गुन १३ गते साधारण सभा बोलाएको छ।
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले गत आर्थिक वर्षको नाफाबाट ३० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो । साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले फागुन २ गते बुक क्लोज गरिसकेको छ, जस अनुसार फागुन १ गतेसम्म कायम सेयर धनीले मात्र कम्पनीको लाभांश पाउनेछन्। उक्त लाभांश पारित गर्ने कम्पनीले फागुन १५ गते साधारण सभा बोलाएको छ ।
आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले गत आर्थिक वर्षको नाफाबाट ९.७४ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने घोषणा गरेको थियो। साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले फागुन १२ गते बुक क्लोज गरिसकेको छ, जस अनुसार फागुन ११ गतेसम्म कायम सेयर धनीले मात्र कम्पनीको लाभांश पाउनेछन्। उक्त लाभांश पारित गर्ने कम्पनीले फागुन २५ गते साधारण सभा बोलाएको छ ।
हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको नाफाबाट ८.७५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने घोषणा गरेको थियो। साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले फागुन १५ गते बुक क्लोज गर्ने भएको छ । तर, फाल्गुन १४ गते सार्वजनिक बिदा परेकाले फागुन १३ गतेसम्म कायम सेयर धनीले मात्र कम्पनीको लाभांश पाउनेछन्। उक्त लाभांश पारित गर्ने कम्पनीले फागुन २७ गते साधारण सभा बोलाएको छ ।
सानिमा जिआईसी इन्स्योरेन्सले गत आर्थिक वर्षको नाफाबाट ७.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.३९ प्रतिशत नगद लाभांश गर्ने घोषणा गरेको छ। उक्त लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृति प्राप्त भएपछि आगामी वार्षिक साधारणसभाबाट पारित गरेपश्चात वितरण गरिनेछ।



















प्रतिकृया