५ जीवन बीमा कम्पनीले गरे लाभांश घोषणा, कुन- कुनको सेयर किने अझै पाइन्छ लाभांश ?

बजारको चिरफार
बजारको चिरफार
२०८१ फाल्गुन १३ गते
५ जीवन बीमा कम्पनीले गरे लाभांश घोषणा, कुन- कुनको सेयर किने अझै पाइन्छ लाभांश ?

नेप्सेमा सूचीकृत १३ जीवन बीमा कम्पनी मध्ये हालसम्म ५ जीवन बीमा कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट लाभांश घोषणा गरेका छन्। ५ जीवन बीमा कम्पनी: नेपाल लाइफ इन्स्योरेन्स,सूर्यज्योति लाइफ इन्स्योरेन्स, आइएमई लाइफ इन्स्योरेन्स, सिटिजन लाइफ इन्स्योरेन्स, र सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेका हुन् । यीमध्ये दुईओटा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स र सूर्यज्योति लाइफ इन्स्योरेन्सले प्रस्तावित लाभांश साधारण सभाबाट पारित गराई सेयरधनीको बैंक खातामा पठाइसकेका छन् ।

नेपाल लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र कर सहित ११.०५ प्रतिशत नगद लाभांश गरी कुल २१.०५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेका थियो। साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले माघ १० गते बुक क्लोज गरेको थियो र उक्त लाभांश माघ २८ गते वार्षिक साधारण सभाबाट पारित भईसकेको छ र नगद लाभांश सेयर धनीको बैंक खातामा पठाइसकेको छन् ।

सूर्यज्योति लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको नाफाबाट कुल २० प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने घोषणा गरेका थियो। साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले मंसिर २१ गते बुक क्लोज गरेको थियो र उक्त लाभांश पुस ६ गते वार्षिक साधारण सभाबाट पारित भईसकेको छ र नगद लाभांश सेयर धनीको बैंक खातामा पठाइसकेको छन् ।

आइएमई लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको नाफाबाट कुल २१.०५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने घोषणा गरेका थियो। साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले फागुन १५ गते बुक क्लोज गर्ने भएको छ। तर, फाल्गुन १४ गते सार्वजनिक बिदा परेकाले फाल्गुन १३ गतेसम्म कायम रहने सेयरधनीले मात्र उक्त लाभांश पाउनेछन्।

सिटिजन लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको नाफाबाट २६.९८४१ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ १.४२०२२ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेका थियो। उक्त लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भएपछि आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात वितरण गरिनेछ।

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको नाफाबाट १.२५ प्रतिशत बोनस सेयर र ८ प्रतिशत नगद लाभांश गरि कुल ९.२५ प्रतिशतलाभांश वितरण गर्ने घोषणा गरेका छ।उक्त लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृति प्राप्त भएपछि आगामी वार्षिक साधारणसभाबाट पारित गरेपश्चात वितरण गरिनेछ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स