राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद दीपक सिंहले देशभित्र युवा जनशक्ति रोक्न नसकिएको बताउँदै विदेश जाने युवाहरूको दिन प्रतिदिन बढ्दै गएको उल्लेख गरेका छन्। सोमबार प्रतिनिधिसभामा बोल्दै उनले टिचिङ अस्पतालबाट ४३ जनाले एमबीबीएस पास गरे पनि ४१ जनाले विदेश जाने अनुमति मागेको बताए।
‘हालै नेपालको सबैभन्दा उत्कृष्ठ टिचिङ अस्पतालमा ४३ जनाले एमबीबीएस पास गरेकोमध्ये ४१ जनाले विदेश जानको लागि नेपालमा आफ्नो भविष्य नदेखेपछि विदेशमा नै अभ्यास गरेर बाँकी अध्ययनका लागि सम्बन्धित निकायमा आवेदन दिइसकेको छ,’ उनले भने ।यस्तो विषयमा सम्बन्धित मन्त्रालय र सरकारको ध्यान जान आवश्यक रहेको उनले बताए ।












![Indicators को सही प्रयोग कसरी गर्ने ? Moving Average, ROC, MACD, RSI [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/P0aB_SB3M0g-maxresdefault-1-150x150.jpg)





प्रतिकृया