सरकारी सेवा प्रवेश तयारी कक्षा सञ्चालन गर्ने उद्देश्यले काठमाडौंको नयाँ बानेश्वरमा ‘थ्री एस एजुकेसन नेटवर्क’ स्थापना भएको छ। आइतबार आयोजित कार्यक्रमबीच संस्थाको औपचारिक सुरुवात गरिएको हो।
संस्थाकी कार्यक्रम संयोजक मन्जु भट्टका अनुसार उद्घाटन अवसरमा भर्ना हुने विद्यार्थीहरूले शिक्षण शुल्कमा ५० प्रतिशत छुट पाउनेछन्। हाल नेटवर्कले निजामती सेवा, शिक्षक सेवा र सुरक्षा निकायका विभिन्न पदहरूका लागि कक्षा सञ्चालन गरिरहेको छ। यसमा शाखा अधिकृत, नायब सुब्बा, खरिदार, विद्यालय निरीक्षक, प्राविधिक सहायक, माध्यमिक र आधारभूत तहका शिक्षक, नेपाल प्रहरीका प्रहरी निरीक्षक र सहायक निरीक्षकका कक्षा समावेश छन्।
संस्थाका व्यवस्थापक तथा प्रशिक्षक सन्तोष खड्काले विद्यार्थीको विश्वास कायम राख्दै गुणस्तरीय तयारी कक्षालाई प्राथमिकता दिइने बताए। हाल कक्षाहरू संस्थाको आफ्नै एप र वेबसाइटमार्फत अनलाइन सञ्चालन हुनेछन्। निकट भविष्यमा सबै सरकारी सेवा प्रवेश तयारी कक्षाहरू एकै छानामुनी उपलब्ध गराउने लक्ष्य राखिएको छ।















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

प्रतिकृया