सप्तरीमा १२ करोड रुपैयाँको लगानीमा ३३/११ केभी सबस्टेसन सञ्चालनमा आयो

सप्तरीमा १२ करोड रुपैयाँको लगानीमा ३३/११ केभी सबस्टेसन सञ्चालनमा आयो
Advertisement Ads

नेपाल विद्युत् प्राधिकरणले सप्तरीको खड्क नगरपालिका–पनसेरामा निर्माण गरेको ३३/११ केभी, ६/८ एमभीए क्षमताको नयाँ सबस्टेसन सञ्चालनमा ल्याएको छ। बुधबार साँझदेखि सञ्चालनमा आएको उक्त सबस्टेसनबाट सप्तरीका विभिन्न क्षेत्रमा विद्युत् आपूर्तिको गुणस्तरमा सुधार आउने अपेक्षा गरिएको छ।

करिब १२ करोड रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको आयोजनाअन्तर्गत १० किलोमिटर लामो ११ केभी प्रसारण लाइनसमेत निर्माण गरिएको छ। प्राधिकरणका अनुसार नयाँ पूर्वाधार सञ्चालनसँगै खड्क नगरपालिका र सुरुंगा नगरपालिकाअन्तर्गत कदमाहा, लालपट्टा, कल्याणपुरलगायत क्षेत्रका करिब १५ हजार विद्युत् उपभोक्ता प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन्।

प्राधिकरणले नयाँ सबस्टेसन सञ्चालनपछि ती क्षेत्रमा लामो समयदेखि देखिएको कम भोल्टेज, पटक–पटक लाइन ट्रिप हुने तथा विद्युत् आपूर्तिमा आउने अवरोधको समस्या उल्लेखनीय रूपमा घट्ने जनाएको छ। यसबाट भोल्टेज प्रोफाइल सुधार भई उपभोक्ताले थप स्थिर, भरपर्दो र गुणस्तरीय विद्युत् सेवा पाउने विश्वास गरिएको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले यसलाई मधेश प्रदेशमा विद्युत् सेवाको गुणस्तर सुधारतर्फको महत्वपूर्ण उपलब्धि भएको बताएका छन्। उनले विद्युत् उत्पादन वृद्धि मात्र नभई उत्पादित विद्युत् प्रत्येक घरपरिवार, उद्योग तथा व्यवसायसम्म गुणस्तरीय र भरपर्दो रूपमा पुर्‍याउनु सरकारको प्राथमिकता रहेको उल्लेख गरे।

मन्त्री श्रेष्ठले प्रसारण तथा वितरण प्रणालीलाई आधुनिक, सुरक्षित र विश्वसनीय बनाउने अभियान देशभर तीव्र रूपमा अघि बढिरहेको बताउँदै नागरिकका गुनासालाई समाधानमा रूपान्तरण गर्ने सरकारको प्रतिबद्धता निरन्तर रहने बताए।

WhatsApp Image 2026 07 30 at 10.19.51 https://bajarkochirfar.com/33-11-kv-substation-comes-into-operation-in-saptari-with-an-investment-of-rs-120-million | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स