भारतको दोश्रो बजार नेशनल स्टक एक्सचेन्ज (एनएसइ) मा सक्रिय लगानीकर्ताको संख्यामा अहिलेसम्मकै ठूलो गिरावट आएको छ। आर्थिक वर्ष २०२६ मा सेयर बजारमा देखिएको उच्च उतारचढाव र नयाँ खुलेका आईपीओहरूले राम्रो प्रतिफल दिन नसक्दा करिब ३५ लाख लगानीकर्ताहरूले बजार छाडेका छन्।
यो अघिल्लो वर्षको तुलनामा ७ प्रतिशतको कमी हो, जसले गर्दा सक्रिय खाताहरूको संख्या ४.९२ करोडबाट घटेर ४.५८ करोडमा झरेको छ। जेरोधाबाट सबैभन्दा धेरै ९ लाख ९५ हजार लगानीकर्ता घटेका छन्। एन्जल वनबाट ८ लाख १५ हजार र अपस्टक्सबाट ७ लाख ६० हजार लगानीकर्ता घटेका छन्।
नयाँ खुलेका आईपीओहरूले पनि लगानीकर्तालाई सोचेजस्तो प्रतिफल दिन नसक्नु, बजारमा कम्पनीहरूको कमजोर नाफा र विदेशी लगानीकर्ताहरू बाहिरिने क्रम बढेकाले सर्वसाधारण लगानीकर्ताहरू उत्साहित हुन नसकेको भारतीय सञ्चारमाध्यम बिडब्ल्यु बिजनेस वर्ल्डले जनाएको छ।
यसका साथै विश्व राजनीतिमा देखिएको तनाव र कच्चा तेलको मूल्य प्रति ब्यारेल १०० डलरभन्दा माथि पुग्दा महँगी बढ्ने डरले पनि बजारमा नकारात्मक असर पारेको हो। महँगी बढ्ने डरले पनि बजारमा नकारात्मक असर पारेको हो।
केही मध्यमस्तरका ब्रोकरहरूमा थोरै नयाँ लगानीकर्ता थपिए पनि समग्रमा यो वर्ष भारतीय पुँजी बजारका लागि निकै चुनौतीपूर्ण देखिएको छ।










![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-768x432.jpg)






![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया