नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशनअनुसार एनसेलले आफ्नो इन्टरनेट सेवाबाट दर्ता नभएका सामाजिक सञ्जाल प्लेटफर्महरू बन्द गर्ने भएको छ। कम्पनीले यसबारे सूचना जारी गरी जानकारी गराएको हो।
सूचनामा भनिएको छ कि सर्वोच्च अदालतको आदेश, मन्त्रिपरिषद्को २०८० भदौ ९ गतेको निर्णय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको भदौ १२ गतेको मन्त्रीस्तरीय बैठकको निर्णय, तथा सामाजिक सञ्जाल प्रयोग व्यवस्थित गर्ने निर्देशिका, २०८० बमोजिम नेपालमा दर्ता नभएका प्लेटफर्महरू निष्क्रिय गर्न एनसेललाई निर्देशन दिइएको थियो।
यस निर्देशनअनुसार एनसेलको इन्टरनेट सेवाबाट दर्ता नभएका सामाजिक सञ्जाल प्लेटफर्महरू अब प्रयोग गर्न नपाइने छन्। तर, टिकटक र भाइबर जस्ता नेपालमा दर्ता भएका प्लेटफर्महरू भने यथावत् सञ्चालन गर्न सकिने जनाइएको छ।


प्रतिकृया