परराष्ट्रमन्त्री आरजु देउवा राणाले आफ्नो भारत भ्रमणको क्रममा ईपीजीको विषयमा कुनै छलफल नभएको बताएकी छिन्।
प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको मंगलबार बसेको बैठकमा उनले आफ्नो हालै भएको भारत भ्रमणबारे जानकारी गराएकी थिइन् । मन्त्री देउवाका अनुसार भ्रमणका क्रममा मुख्यतः दुई देशबीचको संयन्त्रलाई सक्रिय बनाउने विषयमा छलफल भएको थियो।
उनले पञ्चेश्वर परियोजना र एयर रुटबारे पनि कुराकानी भएको जानकारी दिँदै भनिन्, “बाउन्ड्री वर्किङ ग्रुपको विषयमा कुरा भएको छ, उहाँहरुले हुन्छ भन्ने कुरा राख्नु भएको छ । तर यस्तै गर्ने भन्ने भएको छैन ।”
ईपीजी प्रतिवेदनको विषयमा भने भेटवार्तामा कुनै चर्चा नभएको देउवाले स्पष्ट पारिन्। उनले भनिन्, “दुबै देशका प्रतिनिधिहरू मिलेर बनाएको यो प्रतिवेदन उपयुक्त समयमा बुझ्ने विश्वास छ। यो पालिको भ्रमणमा चाहिँ हामीले पनि उठाएनौं, हामीले पनि उठाएनौं । दुबै देशको प्रतिनिधि मिलेर बनाएको रिपोर्ट भएकाले उपयुक्त समयमा आवश्यक छलफल/कारबाही हुन्छ होला भन्नेमा आशावादी छु ।’
















प्रतिकृया