जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले नेपाल बैंक लिमिटेडका तत्कालीन उपप्रबन्धक शशीकिरण श्रेष्ठलाई १३ वर्षपछि काठमाडौँको स्वयम्भूबाट पक्राउ गरेको छ।
भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका श्रेष्ठले कर्जा प्रवाहमा अख्तियारको दुरुपयोग गरी नेपाल बैंकलाई रु. ३९ करोड ८९ लाखको हानि पुर्याएको आरोपमा २०६८ सालमा दोषी ठहरिएका थिए।
सर्वोच्च अदालतको निर्णय पछि, उनले ६ महिना जेल सजाय पाएका थिए। सोमबार उनलाई अदालतमा पेस गरिनेछ।















प्रतिकृया