गभर्नर पौडेलको हस्ताक्षर भएको ५०० रुपैयाँको नोट आजदेखि आयो प्रचलनमा

गभर्नर पौडेलको हस्ताक्षर भएको ५०० रुपैयाँको नोट आजदेखि आयो प्रचलनमा
Advertisement Ads

नेपाल राष्ट्र बैंकले ५०० रुपैयाँ दरको नयाँ बैंकनोट आजदेखि प्रचलनमा ल्याएको छ। बैंकको मुद्रा व्यवस्थापन विभागका अनुसार आधुनिक सुरक्षा विशेषतासहितको उक्त नोट बजारमा पठाउन थालिएको हो।

नयाँ नोटको अगाडिको भागमा नेपालको सर्वोच्च शिखर सगरमाथाको चित्र समावेश गरिएको छ भने दायाँतर्फ राष्ट्रिय फूल लालीगुराँसको वाटरमार्क राखिएको छ। दृष्टिविहीन व्यक्तिहरूले सहज रूपमा नोट पहिचान गर्न सकून् भन्ने उद्देश्यले नोटको बायाँ भागमा दुईवटा काला थोप्ला पनि समावेश गरिएको छ।

नोटको सुरक्षालाई थप मजबुत बनाउन सगरमाथाको चित्रको दायाँतर्फ अण्डाकार आकृतिभित्र कुबेरको चित्र राखिएको छ। उक्त चित्रलाई सीधा हेर्दा सुनौलो र ढल्काएर हेर्दा हरियो रङ्गमा देख्न सकिन्छ। त्यस्तै, ३.५ मिलिमिटर चौडा सुरक्षण धागो पनि रङ्ग परिवर्तन हुने प्रविधिसहित तयार गरिएको छ, जसलाई सीधा हेर्दा रातो र ढल्काएर हेर्दा हरियो देखिन्छ।

नोटको अगाडिको भागमा नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलको हस्ताक्षर रहेको छ। साथै, तल्लो भागमा ‘वि.सं. २०८२’ सिरिज नम्बर उल्लेख गरिएको छ।

नोटको पछाडिको भागमा पाटेबाघको चित्र राखिएको छ, जसको माथि ‘नेपाल राष्ट्र बैंक’ लेखिएको छ। त्यस्तै, तल्लो भागमा अंग्रेजीमा ‘Rupees Five Hundred’ र सिरिज नम्बर ‘2025’ उल्लेख गरिएको छ।

new rs 500 banknotes issued notice 1781661808648 https://bajarkochirfar.com/500-rupee-note-with-governor-poudels-signature-comes-into-circulation-from-today | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स