जेन–जीको अगुवाईमा भएको आन्दोलनका क्रममा घाइते हुनेहरूको संख्या १ हजार ३३ जना पुगेको छ । स्वास्थ्य मन्त्रालयको साँझसम्मको तथ्यांक अनुसार ७ सय १३ जना अस्पतालबाट डिस्चार्ज भएका छन् । मृत्यु हुनेको संख्या ३० जना पुगेको छ ।
५५ जनालाई अन्य अस्पतालमा रिफर गरिएको छ भने २५३ जना नयाँ भर्ना भएका छन् । सबैभन्दा धेरै घाइते सिभिल अस्पतालमा छन् । सिभिलमा ४ सय ३६,नेसनल ट्रमा सेन्टरमा १६१ र एभरेष्ट अस्पतालमा १०९ जना उपचाररत छन् । देशभरका २८ अस्पतालमा बिरामीहरूको उपचार भइरहेको छ ।
(साभार: कान्तिपुर)




















प्रतिकृया