खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले काठमाडौं महानगरपालिका–२८ स्थित भृकुटीमण्डपका सटरहरू भाडामा दिने प्रक्रिया सुरु गरेको छ।
कम्पनीले भृकुटीमण्डप क्षेत्रका ‘ब्लक बी’ र ‘ब्लक सी’ मा रहेका सटरहरू भाडामा दिन लागेको हो। ब्लक ‘बी’ मा ५२ वटा र ब्लक ‘सी’ मा ५१ वटा गरी कुल १०३ वटा सटर रहेका छन्।
कम्पनीका अनुसार ब्लक ‘बी’ का सटरहरूको न्यूनतम मासिक भाडा (बहाल करसहित) ६ लाख ४७ हजार ५२० रुपैयाँ तोकिएको छ भने ब्लक ‘सी’ का सटरहरूको न्यूनतम मासिक भाडा ५ लाख रुपैयाँ निर्धारण गरिएको छ।
इच्छुक व्यक्ति, फर्म, संस्था वा कम्पनीले ७ दिनभित्र १ हजार रुपैयाँ (फिर्ता नहुने) तिरेर दरभाउपत्र खरिद गर्नुपर्नेछ। खरिद गरिएका दरभाउपत्र आठौं दिनको दिउँसो १२ बजेसम्म बुझाउनुपर्नेछ भने सोही दिन दिउँसो २ बजे खोलिने कम्पनीले जनाएको छ।




















![स्मार्ट मनी कन्सेप्टमा ‘Zero’ बाट ‘Hero’ बन्नुहोस् [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/7CwG7_zhc-w-maxresdefault-150x150.jpg)

प्रतिकृया