insta insta

नेप्सेको सीईओ पदका लागि १० जनाको आवेदन पर्यो, जिम्मेवारी कसलाई ?(नामसहित)

बजारको चिरफार
बजारको चिरफार
२०८१ फाल्गुन २६ गते
नेप्सेको सीईओ पदका लागि १० जनाको आवेदन पर्यो, जिम्मेवारी कसलाई ?(नामसहित)
Advertisement Ads

नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि आवेदन दिने अन्तिम दिनसम्म कुल १० जनाले आवेदन दिएका छन्।

अर्थ मन्त्रालयले यसअघि फागुन १२ गते सार्वजनिक सूचना जारी गर्दै फागुन १८ सम्म आवेदन दिने समय तोकेको थियो। तर, १७ गतेसम्म कुनै आवेदन नपरेपछि म्याद थप गर्दै फागुन २५ (आज) सम्मका लागि दरखास्त खुला गरिएको थियो।

शुक्रबारसम्म केवल एक जनाले मात्रै आवेदन दिएका थिए। सिडिएस एन्ड क्लियरिङ लिमिटेडका पूर्व सीईओ पूर्णप्रसाद आचार्यले प्रारम्भिक रूपमा आवेदन दिएका थिए। तर, अन्तिम दिन ९ जनाले थप आवेदन दिएका छन्, जसका कारण प्रतिस्पर्धा तीव्र भएको छ।

गत माघमा कृष्णबहादुर कार्कीको कार्यकाल सकिएपछि नेप्से सीईओ पद रिक्त रहेको थियो।

24e2b1e7 13c9 4f02 b681 29ae899d668c bgrFVDtlah https://bajarkochirfar.com/10-people-applied-for-the-position-of-ceo-of-nepse-who-is-responsible | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स