सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले आज (सोमबार) १३ अर्ब ५० करोड रुपैयाँबराबरको ट्रेजरी बिल बोलकबोल गर्न लागेको छ।
कार्यालयका अनुसार २८ दिन अवधिको ५ अर्ब रुपैयाँबराबरको नयाँ ट्रेजरी बिल तथा ८ अर्ब ५० करोड रुपैयाँबराबरको ट्रेजरी बिल नवीकरणका लागि बोलकबोल हुनेछ। इच्छुकहरू आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म अनलाइन माध्यमबाट बोलकबोलमा सहभागी हुन सक्नेछन्।
बोलकबोलका लागि ट्रेजरी बिल मंगलबार (भोलि) निष्कासन गरिनेछ। हाल बैंक तथा वित्तीय संस्थामा लगानी योग्य पुँजी पर्याप्त भएको कारणले ट्रेजरी बिलको ब्याजदरमा गिरावट आएको छ। हाल सबै प्रकारका ट्रेजरी बिलको ब्याजदर ३ प्रतिशतभन्दा तल नै छ।


प्रतिकृया