११ प्रतिशत नगद लाभांश सहित सुन्धारा सेक्युरिटिजले बोलायो साधारणसभा

बजारको चिरफार
बजारको चिरफार
२०८१ कार्तिक ६ गते
११ प्रतिशत नगद लाभांश सहित सुन्धारा सेक्युरिटिजले बोलायो साधारणसभा

सुन्धारा सेक्युरिटिजले गत आर्थिक वर्षको नाफाबाट ११ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ।

कम्पनीको कात्तिक ४ गते बसेको सञ्चालक समितिको बैठकमा यो निर्णय गरिएको हो। सो निर्णय पारित गर्न वार्षिक साधारणसभा आह्वान गरिएको छ, जसमा लाभांशको प्रस्तावसहित अन्य महत्वपूर्ण एजेन्डाहरू पनि छलफल हुनेछ।

सभामा ११ प्रतिशत नगद लाभांश (करसहित) पारित गर्नुका साथै आर्थिक वर्ष २०८०/८१ का वित्तीय विवरणहरू, जस्तै वासलात, नाफा-नोक्सान हिसाब, र नगद प्रवाहमाथि छलफल हुनेछ। साथै, नयाँ लेखापरीक्षकको नियुक्ति र दुई जना सेयरधनी प्रतिनिधिको चयनको एजेन्डा पनि तय गरिएको छ।

 

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स