०४६ सालपछिको पुस्ताले पहिलो पटक यति चरम निराश देख्दै छ: प्रधानमन्त्री ओली

बजारको चिरफार
बजारको चिरफार
२०८१ श्रावण ६ गते
०४६ सालपछिको पुस्ताले पहिलो पटक यति चरम निराश देख्दै छ: प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बैठकमा आइतबार विश्वासको मत माग्दै २०४६ सालपछिको पुस्ताले यति चरम निराशा पहिलो पटक देखेको बताए ।

उनले भने, ‘आयात र निर्यात घटेको छ । तानतुन गर्दा पनि लक्ष्यअनुसार ७६ प्रतिशत मात्र राजश्व उठेको छ । यसले देशको अर्थतन्त्रमा कति ठूलो समस्या सिर्जना भएको छ भन्ने देखाउछ । बैंकहरुमा पैसा थुप्रिएको, ब्याजदर पनि न्यून रहेको अवस्थामा पनि लगानी गर्न व्यवसायीहरु तयार छैनन्। 

प्रधानमन्त्री ओलीले देशप्रति आम जनताको भरोसा टुटेको चिन्ता व्यक्त गर्दै निराशा हटाउन, आशाको सञ्चार गर्न र देशलाई तीव्र आर्थिक दिशामा लैजान अहिलेको सरकार बनेको उनले बताए ।

 

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स