ह्वाइट लोटस पावरले १२ लाख कित्ता आईपीओ निष्कासन गर्ने, विक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट

बजारको चिरफार
बजारको चिरफार
२०८१ बैशाख १० गते
ह्वाइट लोटस पावरले १२ लाख कित्ता आईपीओ निष्कासन गर्ने, विक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट

ह्वाइट लोटस पावर लिमिटेडले सर्वसाधारणमा प्राथमिक सार्वजनिक निष्काशन गर्नका लागि नेपाल एसबिआई मर्चेण्ट बैंकिङलाई  निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ। कम्पनीले जारी पूँजीको २६ प्रतिशत अर्थात प्रतिसेयर अंकित मुल्य रु. १०० दरका १२ लाख कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरु तथा सर्वसाधारणमा निष्कासन गर्ने तयारी गरेको हो ।  

यस सम्बन्धि सम्झौतापत्रमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेल र ह्वाइट लोटस पावर लिमिटेडका तर्फबाट कार्यकारी निर्देशक सुमन कुमारी जोशीले हस्ताक्षर गरेका छन्।

ह्वाइट लोटस पावरले लमजुङ्ग जिल्लाको भुलभुले स्थित हिदि खोलाको पानी सदुपयोग गरि ६.८२ मेगावाटको नदि प्रवाहिमा आधारित हिदि खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

 

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स