होटल सब्रिना लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले संस्थागत परामर्श सेवा तथा प्राथमिक सेयर निष्काशनका लागि बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल नियुक्त गरेको छ ।
गत असार २२ गते आयोजित एक कार्यक्रममा उक्त कार्यका लागि कम्पनीका तर्फबाट संस्थापक तथा अध्यक्ष निराजन थापा तथा एनएमबि क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत दीपेशकुमार वैद्यले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
नियामक निकायबाट तोकिएका सम्पूर्ण प्रक्रिया तथा आवश्यकताहरू पूरा गरी यथासम्भव छिटो निष्काशनको प्रक्रिया अगाडि बढाउने योजना रहेको कम्पनीले जनाएको छ ।
काठमाडौं बुढानीलकण्ठ-६, मा अवस्थित होटेल सब्रिनालाई सञ्चालनमा आएको तीन वर्षमै होटेल कृटिक एण्ड ब्लगर्स एसोसिएसन तथा होटेल डट कमले २०२१ मा नेपालको सर्वोत्कृष्ट होटलको उपाधिबाट सम्मानित गरेको थियो ।







![बाढीले क्षति पुर्याएका हाइड्रोहरुको अब के हुन्छ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/fPAJ12HDU24-maxresdefault-768x432.jpg)





![कस्ता Hydro मा बढ्दैछ आकर्षण ? Hydropower Sector Analysis [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/2bLqyfokqxE-maxresdefault-768x432.jpg)


![बाढीले क्षति पुर्याएका हाइड्रोहरुको अब के हुन्छ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/fPAJ12HDU24-maxresdefault-150x150.jpg)




प्रतिकृया