लगानीकर्ता गोपाल स्वामीले संसद हरि ढकालले बारम्बार संसदमा स्टक मार्केटका बिषयमा कुरा उठाएको कुरा उल्लेख गरेका छन्।
बजारको चिरफार पोडकास्टको पाँचौ एपिसोडमा भएको कुराकानीमा हरि ढकालको निजी सचिवालय प्रमूख गोपाल स्वामीले हरि ढकाल हराएको भन्ने कुरा सामाजिक संजालमा उठिरहेको विषयमा बोल्दै उनले हिउँदे अधिवेशन सकिँदै गर्दा सदनमा स्टक मार्केटका बिषयमा ९ पटक सम्म कुरा उठाएको उल्लेख गरेका छन्। अर्थमन्त्री प्रकाश शरण महत पदमा हुँदा राष्ट्र बैंकले मौद्रिक नीतिको समिक्षा आउनु अघि सर्कुलेशन मार्फत सेयर धितोकर्जामा लगाईको क्याप खुकुलो पारेको र जोखिम भार तल झारेको स्मरण गराउँदै त्यसमा हरि ढकालले महत्वपुर्ण भूमिका खेलेको बताए।
अहिले मार्केट घटिरहेको अवस्थामा पनि केहि सेक्टरमा लगानी गर्ने लगानीकर्ताले राम्रै कमाईरहेको बताउँदै भोलि मार्केट बुलिश हुँदा त गधाले पनि कमाउने भन्दै नीति नियम परिवर्तन नभए सम्म मार्केट बुल नहुने समेत उनले बताए।
उनका अनुसार अर्थमन्त्री वर्षमान पुनले बजार बुझेको संसद हरि ढकालसंग प्रत्येक हप्ताको शुक्रबार भेटका लागि समय मिलाउन समेत अनुरोध गरेका छन्।
गोपाल स्वामीले संसद हरि ढकाल न हिजो हराएका थिए न भोलि हराउनेछन् भदै यदि हरि ढकालसंग भेटघाट गर्न मन छ भने पेप्सीकोलामा रहेको उनको निवासमा आउन सकिने र अफिस समयपछि भेटघाट गर्न सकिने बताएका छन् जसका लागि उनले सम्पर्क नम्बर समेत उपलब्ध गराएका छन्।
सम्पर्क नम्बरहरु:
हरि ढकाल :९८५११६४१६८
गोपाल स्वामी :९८५११८४११०
#bajarkochirfar





![सेयर बजारका लागि कस्तो आयो मौद्रिक नीति ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-1-768x432.jpg)






![सेयर बजारका लागि कस्तो आयो मौद्रिक नीति ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-1-150x150.jpg)





प्रतिकृया