सेयर बजार घटेर चिन्तित हुनुहुन्छ भने यो कुरा तपाईंले बुझ्नैपर्छ

सुलोजा तिवारी
सुलोजा तिवारी
२०८१ आश्विन १ गते
सेयर बजार घटेर चिन्तित हुनुहुन्छ भने यो कुरा तपाईंले बुझ्नैपर्छ

सेयर बजारको उतारचढावले लगानीकर्तालाई सधैं अन्योलमा राख्दै आएको छ। विशेष गरी बजार घट्दो क्रममा हुँदा लगानीकर्ताहरु प्रायः बजारप्रति नकारात्मक सोच राख्ने र सेयर सस्तो मूल्यमा बेचेर घाटा बेहोर्ने गरिरहेका हुन्छन्। धेरैजसो लगानीकर्ताहरु सेयरको मूल्य घट्दा जोखिम बढ्ने कुरामा विश्वास राख्ने गर्दछन् । यद्यपि यो धारणा कतिपय अवस्थामा सही देखिएपनि कुनै अवस्थामा सही नहुन सक्छ। बजारमा सेयरको मूल्य जति घट्यो त्यति जोखिम कम भएर जाने गर्छं भन्ने कुरालाई पनि नकार्न सकिन्न।

तर, सेयरबजारमा मूल्य घट्दा वा स्थिर रहँदा लगानीकर्ताहरू चुप लागेर बस्ने र बजार बढ्न थाल्दा हर्षोल्लास गर्दै दौडिने प्रवृत्ति पहिले देखि नै चल्दै आएको हो। यो प्रवृत्ति केवल नेपाली सेयर लगानीकर्तामा मात्र नभएर विश्वभर पाईन्छ। सोही प्रवृत्तिका अनुसार लगानीकर्ताहरु बजार घट्दा सेयर बेच्ने र बजार बढदै गर्दा किन्ने बानीले कम प्रतिफल र घाटा बेहोरिरहेको हुन्छन्।

बजारमा सेयर मूल्य बढ्दा पो सेयर किने फाईदा हुन्छ। घट्दा कसरी फाइदा हुन्छ? यस्ता प्रश्न कतिपय अवस्थामा सही भएपनि सधैं सही भने हुँदैनन्। बजारमा सेयरको मूल्य घट्दा जोखिम कम हुँदै जान्छ भन्ने धारणा कतिपय अवस्था सही पनि हुने गर्छ। पोखरीमा पानीको तह घट्दै जादा डुब्ने जोखिम घटे जस्तै सेयरबजारमा पनि मुल्य घट्दै जाँदा कम जोखिममा लगानी गर्ने अवसर खुल्न सक्छ। तर, लगानी गर्दा सहि विश्लेषण गर्नु महत्वपूर्ण हुन्छ।

सेयर मूल्य घट्दै गर्दा कम मूल्यमा लगानी गर्ने अवसर पनि सृजना हुने गर्छ । तर, धेरै लगानीकर्ताहरू मूल्य घट्दा पनि फाइदा लिन डराउँछन्। यस समयमा सही विश्लेषण गरेर कम मूल्यमा लगानी गर्न सके भविष्यमा उच्च प्रतिफल प्राप्त गर्न सकिन्छ।

त्यस्तै, बजारमा सेयर मूल्य घटीरहँदा गिरावट पछि बजारले सुधार गर्ने सम्भावना उच्च रहन्छ। यस्तो अवस्थामा सही विश्लेषण गरेर कम मूल्यमा सेयर किन्ने लगानीकर्ताहरुले उच्च प्रतिफल लिन गर्छन। बजारको गिरावटले जोखिम कम गर्नुका साथै भविष्यको लागि सुरक्षित लगानीको अवसर जुटाउने गर्छ। बजारमा गिरावट आएसंगै कम्पनीहरूको सेयर मूल्य निकै तल आएको हुन्छ जसले गर्दा बिक्रीको दबाब घट्छ र बजारले नयाँ लगानीकर्तालाई आकर्षित गर्ने भएकोले बजार फेरी बढ्ने उच्च सम्भावना रहन्छ। त्यसैले सेयर बजारको गिरावटलाई जोखिमको रुपमा होइन अवसरको रूपमा हेर्नु बुद्दिमानी हुन सक्छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स