सेयर बजारमा भएको सुधारले जनतामा आशा जगाएको छः प्रधानमन्त्री ओली

बजारको चिरफार
बजारको चिरफार
२०८१ भाद्र ६ गते
सेयर बजारमा भएको सुधारले जनतामा आशा जगाएको छः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले पुँजीबजारमा उल्लेखिय सुधार हुनु राष्ट्रका घोषित उद्देश्य पूरा गर्न सरकारले लिएको नीतिको सकारात्मक संकेत भएको बताएका छन्  ।

बिहीवार प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रश्नउत्तर कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले पुँजी बजारको सुधार र निजी क्षेत्रमा लगानी गर्ने मनोबलसहित उत्साह देखिनु सकारात्मक पक्ष भएको बताए।

उनले जनतामा रहेको निराशालाई आशामा बदल्ने प्रयासमा सरकार रहेको बताए । प्रधानमन्त्री ओलीले सरकार गठन भएको छोटो समयमा केही परिणाम देखिन थालेको बताए । उनले गत वर्षको तुलनामा चालु आर्थिक वर्षको साउन महिनामा मात्रै राजश्व परिचालन र पुँजीगत खर्चमा वृद्धि भएको बताए । उनले घरजग्गा कारोबार समेत क्रमशः वृद्धि हुँदै गएको बताए । उनले सरकारले जनतामा निराशा होइन आशा जगाउँदै जाने उल्लेख गरे ।

उनले भने ,‘जनतामा रहेको निरासालाई आशामा बदल्ने प्रयासमा लागेका छौं । यस अनुसारका परिणाम पनि छोटो अवधिमा देखापर्न थालेका छन् । गत वर्षको तुलनामा चालु आर्थिक वर्षको साउन महिनामा मात्रै राजश्व परिचालन र पुँजीगत खर्चमा वृद्धि भएको छ । घरजग्गा कारोबार क्रमश वृद्धि हुँदै गएको छ । पुँजीबजारमा उल्लेख्य सुधार आएको छ । निजी क्षेत्रमा लगानी गर्ने मनोवल सहित उत्साह देखिएको छ । राष्ट्रका घोषित उद्देश्य पूरा गर्न सरकारले लिएको नीतिको यो सकारात्मक संकेत हो । यस्ता कुराहरुले जनतामा निरासा होइन आशा जगाउँदै जानेछ । भ्रष्टाचारमा सरकारले लिएको शुन्य सहनशिलताको नीति मौखिक प्रतिवद्धता वा देखावटी होइन । कुनै एस्क्युज खोज्दैन काम गर्छ । भ्रष्टाचारको विषय हल्लाको विषय मात्रै बन्नुहुँदैन । कानूनी अनुसन्धान र नतिजामुखी हुनुपर्दछ ।’

उनले भ्रष्टाचार नियन्त्रणमा सरकारले लिएको शुन्य सहनशिलताको नीति मौखिक प्रतिवद्धता वा देखावटी नभएको बताए । उनले भ्रष्टाचारको विषय हल्लाको विषय मात्रै बन्नु नहुने भन्दै सरकारले कानूनी अनुसन्धान र नतिजामुखी बनाउने प्रतिवद्धता जनाए  ।

 

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स