आज (मंगलबार ) देखि सेतो मछिन्द्रनाथको रथ यात्रा आजबाट सुरु हुँदैछ । राजधानीको जमलस्थित तीनधारा पाठशालामा आज अपरान्ह मछिन्द्रनाथको रथारोहणपछि रथयात्रा सुरु हुनेछ ।
जात्राको पहिलो दिन आज सेतो मच्छिन्द्रनाथको मूर्तिलाई रथमा राखी जमलबाट विभिन्न टोल हुँदै असन पुर्याएपछि बलि दिएर पूजा गर्ने परम्परा छ । नवमीका दिन असनबाट रथ तानेर हनुमानढोकाको कालभैरव पुर्याइन्छ । चैत शुक्ल दशमीका दिन हनुमानढोकाबाट विभिन्न टोल हुँदै रथ तानेर लगनटोल पुर्याएपछि रथयात्रा सम्पन्न हुन्छ ।
सेतो मच्छिन्द्रनाथको रथयात्रा वर्षा र सहकालका देवता मानिने आर्याअवलोकितेश्वरको मुर्तिको रथयात्रा गरी मनाइने जात्रा हो । करुणामय र आर्याअवलोकितेश्वरको नामबाट पनि चिनिने सेतो मच्छिन्द्रनाथलाई जनबहालबाट नगरपरिक्रमा गराई जमलमा बनाइएको रथमा प्रतिस्थापन गराइएपछि नगर परिक्रमा गर्ने प्रचलन छ । अन्तिम दिन लगनटोलस्थित मच्छिन्द्रनाथकी आमालाई तीन पटक परिक्रमा गराएपछि रथयात्रा सम्पन्न हुन्छ ।
काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले सबैलाई यात्रामा सहभागी हुन आग्रह गरेका छन्। उनले मछिन्द्रनाथ देवता मात्र नभएर काठमाडौँको एउटा संस्कारको केन्द्रबिन्दु रहेको बताएका छन् |


















प्रतिकृया