instainsta

सुर्यकुण्ड हाइड्रोले आइपीओ निष्कासन गर्ने, विक्री प्रबन्धकमा कुमारी क्यापिटल

बजारको चिरफार
बजारको चिरफार
२०८१ बैशाख ३० गते
सुर्यकुण्ड हाइड्रोले आइपीओ निष्कासन गर्ने, विक्री प्रबन्धकमा कुमारी क्यापिटल
AdvertisementAds

सुर्यकुण्ड हाइड्रो इलेक्ट्रीक लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासनका लागि बिक्री प्रबन्धकमा कुमारी क्यापिटललाई नियुक्त गरेको हो।

यस सम्बन्धी सम्झौता पत्रमा सुर्यकुण्ड हाइड्रो इलेक्ट्रीक लिमिटेडका तर्फबाट सञ्चालक समितीका अध्यक्ष सतिश न्यौपाने तथा कुमारी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका छन् ।

कम्पनीले अंकित मूल्य १०० रूपैयाँ दरले १३ लाख ७९ हजार ३५० कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरु तथा सर्वसाधारणहरुमा निष्काशन गर्ने लागेको हो ।

यस कम्पनीमा अपि पावर कम्पनी लिमिटेडकोे बहुमत शेयर लगानी रहेको छ। कम्पनीले नुवाकोट जिल्लाको घ्याङफेदी स्थित माथिल्लो तादी खोलाको पानी सदुपयोग गरी ११ मेगावाट क्षमताको माथिल्लो तादी खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । आयोजनाको निर्माण कार्य करिव ७० प्रतिशत सम्पन्न भईसकेको कम्पनीले जनाएको छ ।

 

#BajarkoChirfar

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स