नेपाली बजारमा सुनको भाउ आज एकैदिन तोलामा २ हजार रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला २ हजार रुपैयाँले बढेर १ लाख २१ हजार रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख २० हजार ४०० रुपैयाँ निर्धारण भएको छ । यसअघि, बिहीबार छापावाल सुन १ लाख १९ हजार रुपैयाँ कायम रहेको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख १८ हजार ४५० रुपैयाँ निर्धारण भएको थियो ।
आज चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले बढेर १४ सय १० रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको भाउ तोलाको १३ सय ९० रुपैयाँ कायम रहेको थियो ।















![९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/t7hhw_4bPL0-maxresdefault-150x150.jpg)




प्रतिकृया