सर्वोच्च अदालतले सार्वजनिक सवारीमा यात्रु व्यवस्थापन र सुरक्षाका लागि पाँच वटा प्रमुख निर्देशनहरू जारी गरेको छ। वरिष्ठ अधिवक्ता विष्णु लुइँटेल लगायतले दायर गरेको रिटमा सर्वोच्च अदालतका न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले मंगलबार विभिन्न विषयहरूमा अन्तरिम आदेश दिएको हो।
यातायात व्यवस्था सम्बन्धी प्रचलित कानूनको प्रभावकारी कार्यान्वयन गरी नागरिकलाई सुरक्षित, विश्वसनीय, सरल र सुलभ सेवा सञ्चालन गर्नु गराउनु र हाल अव्यवस्थित सार्वजनिक सवारीका कारण सडक दुर्घटनामा परी मृत्यु हुनेको संख्या दिनप्रतिदिन बढ्दै गएको हुँदा सो लाई न्यूनीकरण गर्ने उपाय अवलम्बन गराउन विपक्षीका नाममा परमादेश निर्देशनात्मक आदेशको माग गरिएको थियो ।
सर्वोच्च अदालतले दिएका निर्देशन अनुसार सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १०२ विपरीत सिट क्षमताभन्दा बढी यात्रु सार्वजनिक सवारीमा नराख्नुपर्ने र सवारी साधन भित्र यात्रुको इच्छा विपरीत ठूलो स्वरमा म्युजिक सिस्टम नबजाउने रहेको छ । तेसैगरी, उच्चवाहन शक्ति मोटरसाइकल चालकहरूले सडक यात्रु र समाजलाई आतंकित हुने गरी ठुलो स्वर र तिव्र गतिमा मोटरसाइकल नचलाउन पनि निर्देशन दिएको छ।











![बजेटले नन लाइफ इन्स्योरेन्स सेक्टरको बिजनेस व्ह्वात्तै बढ्दैछ ? सेयर प्राइस के होला ? [भिडियोसहित]](https://i0.wp.com/bajarkochirfar.com/wp-content/uploads/2026/06/pYnn5kzYQlY-SD.jpg?resize=150%2C150&ssl=1)




प्रतिकृया