सिंहदरबारभित्रका कर्मचारीहरू कार्यालय समयमा सेयर कारोबारमा व्यस्त भएपछि सेवामा अवरोध भएको भन्दै केही दिनअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको थियो। उक्त उजुरीको आधारमा अख्तियारको टोलीले सिंहदरबारमा छड्के अनुगमन गर्यो, जसको क्रममा विभिन्न मन्त्रालयका केही कर्मचारीले कार्यालय समयमा सेयर कारोबार गरिरहेको पाइएको छ।
अख्तियार स्रोतका अनुसार, “कार्यालय समयमा सरकारी स्रोत र साधनलाई व्यक्तिगत प्रयोजनमा खर्चिएको पाइयो। सिंहदरबारभित्र यसरी कारोबार हुँदा सेवामा असर परेकाले प्रधानमन्त्री कार्यालयलाई त्यसको निराकरण गर्न पत्र पठाएका छौं।”
प्रधानमन्त्री कार्यालयले सो पत्रको अध्ययन गरिरहेको छ र हाल आईटी टिमसँग छलफल गर्दैछ। छलफलपछि सिंहदरबारभित्र सेयर कारोबारलाई निरुत्साहित गर्ने गरी निर्देशन जारी गरिने छ। स्रोतले भने अनुसार, “सरकारी स्रोत र साधनको दुरुपयोग रोक्न, कर्मचारीलाई कार्यालय समयमा सेयर कारोबार गर्न रोक लगाउने विषयमा छलफल भइरहेको छ, र यसबारे छिट्टै निर्णय हुनेछ।”
सिंहदरबार मात्र नभई मुख्यत: काठमाडौंका धेरै सरकारी कार्यालयहरूमा कार्यालय समयमा सेयर कारोबार हुने गरेको छ। कर्मचारीहरू सेयर कारोबारमा व्यस्त हुँदा सार्वजनिक सेवामा असर पुग्ने मात्र नभई सरकारी स्रोत र साधनको व्यक्तिगत प्रयोजनमा दुरुपयोग हुने गरेको छ।






![सेयर बजारका लागि कस्तो आयो मौद्रिक नीति ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-1-768x432.jpg)






![सेयर बजारका लागि कस्तो आयो मौद्रिक नीति ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-1-150x150.jpg)





प्रतिकृया