साफ यू-२० च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा आज नेपाल र भुटान भिड्दै

बजारको चिरफार
बजारको चिरफार
२०८१ भाद्र ९ गते
साफ यू-२० च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा आज नेपाल र भुटान भिड्दै

काठमाडौँमा जारी साफ यू-२० च्याम्पियनसिपको सेमिफाइनलका खेल आजदेखि सुरु हुदै छन् । सेमिफाइनलको पहिलो खेलमा आज नेपालले भुटानको सामना गर्दै छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने यो खेल अपराहन्न ३ बजेदेखि सुरु हुने छ ।

यस प्रतियोगितामा नेपाल समुह ए का दुवै खेल जितेर समुह विजेता हुदै सेमिफाइनल खेल्दै छ । नेपालले समुह चरणमा श्रीलंकालाई १-० ले बंगलादेशलाई २-१ गोल अन्तरले पराजित गरेको थियो ।

त्यस्तै भुटान भने समुह बी मा उपविजेता भन्दै सेमिफाइनलमा खेल्दै छ । भुटानले माल्दिभ्सलाई २-१ ले पराजित गरेको थियो भने भारतसँग १-० ले पराजित भएको थियो ।

त्यस्तै दोस्रो सेमिफाइनल खेल भारत र बंगलादेशबीच सोमबार हुने छ । प्रतियोगिताको फाइनल खेल बुधबार हुने तालिका रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स