साफ यू –१७ च्याम्पियनसिप अन्तर्गत नेपालले श्रीलंकाविरुद्ध फराकिलो जित हासिल गर्न सफल भएको छ ।
भुटानको चाङ्लिमिथाङ रङ्गशालामा सोमबार सम्पन्न खेलमा नेपालले श्रीलंकालाई ४- ० गोल अन्तरले पराजित गरेको हो ।
नेपालको जितमा सुजन डंगोलले ह्याट्रिक गरेका थिए भने विज्ञान खड्काले एक गोल गरेका थिए ।
प्रतियोगितामा नेपालले यसअघि शनिबार सम्पन्न खेलमा पाकिस्तानसँग १–० गोलको हार बेहोरेको थियो । अब नेपालले अर्को खेल भुटानसँग बुधबार खेल्ने तालिका रहेको छ ।

















![२/३ गुणा बढ्नसक्ने कम्पनी कसरी छान्ने ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/qtudNQkRB0o-maxresdefault-150x150.jpg)




प्रतिकृया