साफ यू–१७: नेपालले श्रीलंकालाई पराजित गर्दै फराकिलो जित हासिल गर्यो

बजारको चिरफार
बजारको चिरफार
२०८१ आश्विन ७ गते
साफ यू–१७: नेपालले श्रीलंकालाई पराजित गर्दै फराकिलो जित हासिल गर्यो

साफ यू –१७ च्याम्पियनसिप अन्तर्गत  नेपालले श्रीलंकाविरुद्ध फराकिलो जित हासिल गर्न सफल भएको छ ।

भुटानको चाङ्लिमिथाङ रङ्गशालामा सोमबार सम्पन्न खेलमा  नेपालले  श्रीलंकालाई ४- ० गोल अन्तरले पराजित गरेको हो ।

नेपालको जितमा सुजन डंगोलले ह्याट्रिक गरेका थिए भने विज्ञान खड्काले एक गोल गरेका थिए ।

प्रतियोगितामा नेपालले यसअघि शनिबार सम्पन्न खेलमा पाकिस्तानसँग १–० गोलको हार बेहोरेको थियो । अब नेपालले अर्को खेल भुटानसँग बुधबार खेल्ने तालिका रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स