सांसद मनाङेले भने, “फैसलाको पूर्णपाठ आएपछि आफैँ अदालतमा आउँछु”

बजारको चिरफार
बजारको चिरफार
२०८१ कार्तिक २३ गते
सांसद मनाङेले भने, “फैसलाको पूर्णपाठ आएपछि आफैँ अदालतमा आउँछु”

सर्वोच्च अदालतले ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको गण्डकी प्रदेशका सांसद दीपक मनाङेले फैसलाको पूर्णपाठ आएपछि अदालतमा उपस्थित हुने बताएका छन्।

शुक्रबार जारी विज्ञप्तिमा उनले कानुन व्यवसायीलाई फैसलाको नक्कल बनाउन पठाए पनि अदालतबाट संक्षिप्त पाठ तयार नभएको जानकारी पाएको बताए।

‘सर्वोच्च अदालतबाट लिखित पूर्णपाठ प्राप्त भएपछि अदालतमा आफैं उपस्थित हुने छु,’ उनले भनेका छन्।

साथै, दोषी ठहरको खबर आएपछि सञ्चारमाध्यमबाट बारम्बार फोन आएका कारण मोबाइल बन्द गरेको र आफ्नो विषयमा केही भ्रामक समाचारप्रति आपत्ति रहेको उनले स्पष्ट पारे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स