चितवन जिल्ला अदालतले सहकारी ठगी र संगठित अपराध मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित १० जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ।
सहारा चितवन सहकारीबाट विभिन्न कम्पनीहरूमा अपचलन भएको ४३ करोडभन्दा बढी रकमको अनुसन्धानपछि पूरक जाहेरीका आधारमा अदालतले पक्राउ अनुमति दिएको हो। लामिछाने र छविलाल जोशी गोर्खा मिडिया नेटवर्कका सञ्चालक रहेको र सहकारीको ठूलो रकम त्यहाँ गएका कारण उनीहरूमाथि मुद्दा दायर गरिएको छ।
यसअघि, सहकारीका बचतकर्ताहरूले ठगीको उजुरी दिएपछि कास्की र रूपन्देहीमा लामिछानेमाथि बयान लिइएको थियो। चितवनमा बयानका लागि उनलाई काठमाडौंबाट झिकाउने तयारी भइरहेको छ।
सहकारीमा कुल ५२ करोड बचत रहेको र ठगीका कारण ६,३३४ जना बचतकर्ता प्रभावित भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

प्रतिकृया