देशभरका सरकारी कार्यालय आजदेखि अपरान्ह ४ बजेसम्म मात्रै सञ्चालन हुनेछन् । सरकारले हिउँदका तीन महिना बिहान १० देखि अपराह्न ४ बजेसम्म मात्रै कार्यालय सञ्चालन हुने व्यवस्था गरेको छ । कात्तिक १६ गतेबाट लागु हुने गरि व्यवस्था गरिएको हो । तर, तिहारको बिदा भएको कारण आजबाट यो व्यवस्था लागू हुनेछ।
दिनहरू पनि छोटो हुने र जाडोयामसमेत सुरू भएकाले सरकारले कात्तिक १५ देखि माघ १५ सम्म सरकारी कार्यालयको कार्यालय समय एक घण्टा कम हुने प्रावधान गर्ने गरेको हो । जसअनुसार अब बिहान १० बजे खुलेका सरकारी कार्यालय बेलुका ४ बजेनै बन्द हुनेछन् । यी तीन महिनाबाहेकको समयमा भने सरकारी कार्यालयहरुले विहान १० बजेदेखि ५ बजेसम्म खोल्नुपर्ने प्रावधान रहेको छ।















![Indicators को सही प्रयोग कसरी गर्ने ? Moving Average, ROC, MACD, RSI [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/P0aB_SB3M0g-maxresdefault-1-150x150.jpg)





प्रतिकृया