सरकारले विद्युत प्राधिकरणका अनियमितता लगायत विषयमा छानबिन गर्न उच्च अदालतका पूर्वन्यायाधीश हरिकुमार पोखरेलको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरेको छ। समितिमा एक प्राविधिक र चार्टर्ड एकाउन्टेन्ट रहनेछन्। मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले सर्वोच्च अदालतका न्यायाधीश गिरिशचन्द्र लाल आयोगले औंल्याएका अन्य विषयमा पनि छानबिन गर्ने निर्णय गरेको छ।
त्यस्तै, बैठकले सूचना आयोगको प्रमुख आयुक्तमा सुरेश आचार्य, सदस्यहरूमा गगन विष्ट र दुर्गा भण्डारीलाई नियुक्त गरेको छ। सभामुख देवराज घिमिरे, सञ्चार मन्त्री पृथ्वीसुब्बा गुरुङ, र नेपाल पत्रकार महासंघका अध्यक्ष रहेको समितिले उनीहरूलाई सिफारिस गरेको थियो।
मन्त्रिपरिषद्ले राष्ट्रिय योजना आयोगका सदस्य बैकुण्ठ अर्यालको राजीनामा स्वीकृत गरेको छ। अर्यालले गत सोमबार पदबाट राजीनामा दिएका थिए।















![Nepse Gap Fill नगरी माथि जान सक्छ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/l0iAiQQCcl4-maxresdefault-150x150.jpg)

![घरजग्गा मार्फत कसरी हुन्छ सम्पत्ति शुद्धिकरण ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/r-yxcMlaEZg-maxresdefault-150x150.jpg)


प्रतिकृया