समता घरेलु लघुवित्तको एफपीओमा पहिलो दिनमै ११.९४ गुणा बढी आवेदन

बजारको चिरफार
बजारको चिरफार
२०८१ कार्तिक १३ गते
समता घरेलु लघुवित्तको एफपीओमा पहिलो दिनमै ११.९४ गुणा बढी आवेदन
AdvertisementAds

समता घरेलु लघुवित्त वित्तीय संस्थाको थप सार्वजनिक निष्कासन (एफपीओ) मा पहिलो दिनमै मागभन्दा ११.९४ गुणा बढी आवेदन परेको छ। सीडीएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार, कात्तिक १२ गते साँझ ५ः०६ बजेसम्ममा ४१ करोड ९० लाख ७५ हजार रुपैयाँ बराबरको आवेदन प्राप्त भएको छ।

हिजो २ लाख ६० हजार ४५४ जना आवेदकहरूले ४१ लाख ९० हजार ७५० कित्ताका लागि आवेदन दिएका हुन्। समता घरेलु लघुवित्तले हिजोबाट प्रतिकित्ता १०० रुपैयाँमा ३ लाख ५० हजार ९४०.२५ कित्ता एफपीओ बिक्रीमा ल्याएको हो। लगानीकर्ताले कात्तिक २० गतेसम्म आवेदन दिन सक्नेछन्।

समता घरेलु लघुवित्तले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ९ बमोजिम सर्वसाधारणको पुँजी संरचना ३० प्रतिशत कायम गर्न एफपीओ जारी गरेको हो। आवेदकहरूले कात्तिक २० गतेसम्म आवेदन दिन सक्नेछन्, जहाँ न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्म आवेदन दिन सकिन्छ। सेयर भर्ने प्रक्रिया सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत गरिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स