सबै वडालाई सहकारीको उजुरी दर्ता गर्न महानगरको पत्राचार

सबै वडालाई सहकारीको उजुरी दर्ता गर्न महानगरको पत्राचार
Advertisement Ads

काठमाडौं महानगरले सहकारीसम्बन्धी उजुरी तथा गुनासो दर्ता गर्न सबै वडा कार्यालयलाई अनुरोध गरेको छ ।

पछिल्लो समय बचत रकम फिर्ता माग सम्बन्धी बचतकर्ताको गुनासो बढ्दै गएपछि महानगरले वडामै गुनासो दर्ता गर्न पत्राचार गरेको हो ।

महानगरका अनुसार काठमाडौँ महानगरपालिका सहकारी नियमावली, २०८० को नियम १६ मा सदस्यको बचत रकम फिर्तासम्बन्धी व्यवस्था गरिएको छ । सोही नियम अनुसार संस्थामा जम्मा गरेको बचत रकम सदस्यले मागेका वखत व्याजसहित तुरुन्त फिर्ता दिनु पर्ने व्यवस्था छ ।

सूचनामा भनिएको छ- ‘यसै सम्बन्धमा बचत रकम फिर्ता माग सम्बन्धी बचतकर्ताको गुनासो दिनानु दिन बढ्दै गएकाले तहाँ वडा क्षेत्रभित्र सञ्चालित काठमाडौं महानगरपालिकाको क्षेत्राधिकारभित्र पर्ने सहकारी संस्थाहरूबाट वचत रकम फिर्ता माग गरिएको उजुरी तथा गुनासो देहायका कागजात सहित दर्ता गरी यसैसाथ संलग्न ढाँचाको पत्र संस्थालाई जारी गरीदिनु हुन अनुरोध छ ।’

newskarkahna news750800. 1 https://bajarkochirfar.com/%e0%a4%b8%e0%a4%ac%e0%a5%88-%e0%a4%b5%e0%a4%a1%e0%a4%be%e0%a4%b2%e0%a4%be%e0%a4%88-%e0%a4%b8%e0%a4%b9%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a5%80%e0%a4%95%e0%a5%8b-%e0%a4%89%e0%a4%9c%e0%a5%81%e0%a4%b0 | %tags

Advertisement Ads

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स