सत्तारुढ एमालेको प्रदर्शनले काठमाडौंको सडक जाम, सर्वसाधारणलाई सास्ती

बजारको चिरफार
बजारको चिरफार
२०८१ मंसिर ७ गते
सत्तारुढ एमालेको प्रदर्शनले काठमाडौंको सडक जाम, सर्वसाधारणलाई सास्ती
AdvertisementAds

सत्तारुढ दल नेकपा एमालेको सडक प्रदर्शनका कारण काठमाडौंको उपत्यकाको ट्राफिक व्यवस्था प्रभावित भएको छ। प्रदर्शनले सडक र सवारी व्यवस्थामा मात्र होइन, सरकारी तथा निजी कार्यालयहरूको कामकाजमा पनिसमेत ठप्प पारेको छ। कार्यालय समयमा निस्किएका कर्मचारीहरूले १२ बज्नै लाग्दा पनि कार्यालय पुग्न सकेका छैनन्। सेवाग्राहीहरू पनि कामकाजमा असुविधा झेलिरहेका छन्।

यस प्रदर्शनको प्रभाव राजधानीका विद्यालयहरूमा समेत परेको छ। विद्यार्थी र शिक्षकहरू समयमै विद्यालय पुग्न सकेका छैनन्। घण्टौं ट्राफिक जाममा फसेका सर्वसाधारणले सरकारप्रति असन्तुष्टि व्यक्त गरेका छन्। उनीहरूले सत्तारुढ दलले नै जनतालाई सास्ती दिएको भन्दै आक्रोश पोखेका छन्।

एमालेको र्‍यालीले न्यूरोड, शहीदगेट, सुन्धारा, जमल, भृकुटीमण्डप, भद्रकाली, त्रिपुरेश्वर, सिंहदरबार लगायतका क्षेत्रहरूमा ट्राफिक जामको समस्या उत्पन्न गरेको छ। आज दरबारमार्गमा आयोजना हुने सभामा प्रधानमन्त्री केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स