प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक साँझ ५ बजे बोलाएका छन्। बैठकमा नयाँ प्रधानन्यायाधीशको सिफारिस गर्ने एकमात्र एजेण्डामा रहेको छ।
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अवकाश नजिकिँदै गर्दा (असोज १८ गते), नयाँ प्रधानन्यायाधीश नियुक्तिका लागि प्रक्रिया अघि बढाइएको हो। सिफारिसपछि संसदीय सुनुवाईमार्फत प्रधानन्यायाधीशको नियुक्ति गरिने व्यवस्था छ।
यसअघि न्यायपरिषद्ले सम्भावित ८ जना न्यायाधीशहरूको नाम संवैधानिक परिषदमा पठाइसकेको छ। जसमा प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाश कुमार ढुंगाना, कुमार रेग्मी, हरिप्रसाद फुयाल, मनोजकुमार शर्मा, कुमार चुडाल, र नहकुल सुवेदी रहेका छन्। सिफारिस मध्ये वरिष्ठताका आधारमा प्रकाशमान सिंह राउतको नाम सिफारिस हुने सम्भावना बढी रहेको छ।
















![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-150x150.jpg)




प्रतिकृया