शक्तिशाली आँधी ‘बेबिन्का’ चीनतर्फ मोडिँदै गर्दा जापानमा ठुलो पहिरो जान सक्ने चेतावनी

बजारको चिरफार
बजारको चिरफार
२०८१ भाद्र ३० गते
शक्तिशाली आँधी ‘बेबिन्का’ चीनतर्फ मोडिँदै गर्दा जापानमा ठुलो पहिरो जान सक्ने चेतावनी

एक शक्तिशाली आँधी ‘बेबिन्का’ चीनको पूर्वी समुद्री किनारतर्फ लागेको छ भने यसका कारण दक्षिणी जापानको टापुका बासिन्दालाई आइतबार सम्भावित पहिरोको चेतावनी जारी गरिएको छ ।

चक्रवात ‘बेबिन्का’ आइतबार राति जापानको अमामी टापु हुँदै १९८ किलोमिटर प्रति घण्टाको गतिमा बगिरहेको जापानको मौसम विज्ञान विभाग (जेएमए) ले जनाएको छ ।
“अमामी क्षेत्रमा हाल भारी वर्षाका कारण पहिरोको खतरा बढेको छ,” जेएमएले भन्यो ।

उक्त आँधी सोमबार बिहान साङ्घाई नजिकै अवतरण हुने पूर्वानुमान गरिएको छ ।

वैज्ञानिकहरूका अनुसार जलवायु परिवर्तनले जापान र अन्य ठाउँमा भारी वर्षाको जोखिम बढाइरहेको छ । गत महिना, एक शक्तिशाली आँधीले जापानभरी निम्त्याएको भारी वर्षाका कारण सडक दुर्घटना हुँदा कम्तिमा छ जनाको मृत्यु भएको थियो ।

सन् २०२१ मा भारी वर्षाका कारण जापानी सहर अटामीमा गएको विनाशकारी पहिरोमा परी २७ जनाको मृत्यु भएको थियो ।

 

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स